संविधान दिवस २०७४ का केही झलकहरु जग्गा प्राप्ति सम्बन्धि सूचना: चौतारा सिपाघाट ग्रामिण सडक सिन्धुपाल्चोक जिल्लाको नक्शा: गाउंपालिका तथा नगरपालिकाको (केन्द्र सहित) वडा अनुसार जिविस सिन्धुपाल्चोकको जरुरी सूचना सिन्धुपाल्चोक जिल्लाको भूकम्प सम्बन्धि गुनासो फर्छौटको अवस्था ईलाका स्तरीय योजना तर्जुमा गोष्ठीमा उपस्थितिको लागि अनुरोध सिन्धुपाल्चोक जिल्लाको भूकम्प पिडित लाभग्राही सुची (सबै) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण टेलिफोन सम्पर्क सम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको जिल्ला दररेट आवधिक जिल्ला विकास योजना २०५७ – २०६४ जिल्ला विकास समितिको वार्षिक खरिद योजना योजना तर्जुमा समितिको बैठकका निर्णयहरु

चौतारा नगरपालिका

सानो सिरुबारी

सानो सिरुबारी जिल्लाको मध्यभागमा अवस्थित छ । जिल्ला सदरमुकामबाट जम्मा एक कोष दुरीमा पर्ने यस गाविसको कुल क्षेत्रफल १०.९९ वर्ग किलोमिटर छ । यस गाविसको पुर्वमा इर्खु गाविस पश्चिममा कुन्चोक गाविस उत्तरमा चौतारा गाविस पिपलडाँडा गाविस र दक्षिणमा ठूलो सिरुबारी तथा भोटसिपा गाविसहरु पर्दछन्। चौतार थुम अन्तर्गत पर्ने यसमा औसत हावापानी पाइन्छ । गाविसको प्राय मानिसहरु व्यावसायीक कृषि नोकरी तथा अन्य पेशामा संलग्न छन् । यस गाविसको प्रमुख कृषिबालीमा व्यावसायीक तरकारी धान गहुँ मकै आदि पर्दछ । यस गाविसमा पशुपालन पनि व्यावसायीक रुपमा गरिन्छ । सानुसिरुबारीमा सन्यासी तथा क्षेत्रहरको बाहुल्यता छ । जिल्ला निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यस गविसको वि।सं। २०५८ सालमा साक्षरता दर ४७ घरपरिवार संख्या १८७१ र जनसंख्या ९७८६ थियो ।

कुविण्डे

कुविण्डे गाविस जिल्ला सदरमुकामबाट नजिकै पर्ने गाविस हो । सदरमुकामबाट आधा कोष टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ८.७२ वर्गकिलोमिटर छ । कुविण्डे गाविसको पूर्वमा फुल्पिङडाँडा, पश्चिममा चौतारा, उत्तरमा बतासे र दक्षिणमा इर्खु गाविस पर्दछ ।चौतारा थुम अन्तर्गत पर्ने यस गाविसमा ब्राम्हण नेवार तामाङ जातिको बाक्लो बसोबास छ। यस गाविसको प्राय भेगमा चिसो हावापानी छ । प्रमुख कृषि बालीमा मकै, धान, कोदो तथा केही नगदे बालीहरु गर्दछन्। सदरमुकामबाट नजिकै भएकाले यस गाविसमा पशुपालनबाट पनि जनताहरु लाभान्वित हुने गरेको छन् ।वि.सं. २०५८ सालको जनगणना अनुसार कुविण्डे गाविसमा ६५० घरपरिवार रहेको छ कुल जनसंख्या ३२२९ छ।

पिपलडाँडा

पिपलडाँडा गाविस जिल्ला सदरमुकाबाट नजिकै पर्ने गाविस हो । जिल्ला सदरमुकाबाट १ कोष टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १३.४ वर्ग किलोमिटर छ । गाविसको पूर्वमा चौतारा, पश्चिममा कुन्चोक, उत्तरमा बतासे, स्याउले र दक्षिणमा सानुसिरुबारी गाविस पर्दछ । चौतारा थुम अन्तर्गत पर्ने यस गाविसमा अधिकांश क्षेत्रहरुको बसोबास छ । यस गाविसमा चिसो हावापानी पाइन्छ । यस गाविसमा शिक्षा स्वास्थ्य यातायात खानेपानी विद्यतुको राम्रो सुविधा छ । यस गाविसको प्रमुख कृषि उत्पादन धान मकै तथा कोदो हो । नगदे बालीमा पनि यस गाविसका मानिसहरुको खुबै रुचि भएको पाइन्छ । सिन्धुपाल्चोकमा नै निकै प्रसिद्ध गौरती भीमेश्वर मन्दिर यसै गाविसमा पर्दछ जसले धार्मिक केन्द्रको प्रसिद्धतालाई वर्णन गर्दछ । निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यस गाविसमा २०५८ सालको जनगणनामा कुल ७५४ घरपरिवार मध्ये जनसंख्या ३९०१ थियो ।

हाल यि सबै गाबिसहरु चौतारा नगरपालिका अन्तर्गत पर्दछन ।

चौतारा नगरपालिकाको बारेमा पूर्ण जानकारीको लागि यहाँ Click गर्नुहोला ।

Skip to toolbar